काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.९० अंकले घटेर २८२२.४६ को बिन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक ०.९७ प्रतिशतले घटेको हो ।
आज विभिन्न ३२४ कम्पनीका दुई करोड ५० लाख ९२ हजार ४९० कित्ता सेयर ९८ हजार ५२५ पटक खरिदबिक्री हुँदा १० अर्ब २१ करोड एक लाख ४२ हजार ३०८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा म्युचुअल फन्ड ०.१७ र अन्य समूह ०.३१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूह २.३१ र लघुवित्त समूह २.३५ प्रतिशतले घटेको हो ।
बैंकिङ ०.४१, वित्त १.२७, होटल तथा पर्यटन ०.७६, जलविद्युत १.४१ र लगानी समूह १.१७ प्रतिशतले घटेको छ । त्यस्तै जीवन बिमा ०.८०, उत्पादन तथा प्रशोधन ०.७५, निर्जीवन बिमा १.२४ र व्यापार समूह १.४४ प्रतिशतले घटेको छ ।
रिभर फल्स पावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ७.६४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ५३ करोड ८८ लाख ६० हजार ९५७ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरे सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ को नौ लाख २३ हजार ५४९ कित्ता सेयर किनबेच भएको छ ।

































