सुनको मूल्य घट्यो, चाँदी बढ्यो

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

शुक्रबार सुनले नयाँ उच्च मूल्य कायम गरेको भए पनि आइतबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार सुन प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार यो मूल्य १ लाख ९९ हजार २ सय रुपैयाँमा झरेको छ ।

यसैबीच, चाँदीको मूल्य भने बढेको छ। शुक्रबार प्रतितोला २३२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५ रुपैयाँ बढेर २३३० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस ३,३९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस ३८.३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Tokha