सुनको भाउले तोड्यो रेकर्ड, प्रतितोला दुई लाख नजिक

सुनको भाउले तोड्यो रेकर्ड, प्रतितोला दुई लाख नजिक

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार सुन प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ, जुन हालसम्मकै उच्च दर हो ।

यसअघि गत साउन २० गते सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको थियो। शुक्रबारको मूल्य यो रेकर्डभन्दा ९ सय रुपैयाँ बढी हो ।

बिहीबार सुनको मूल्य १ लाख ९८ हजार ४ सय रुपैयाँ प्रतितोला थियो । त्यसको तुलनामा शुक्रबार १ हजार रुपैयाँले बढेको हो ।

सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । बिहीबार प्रतितोला २,३१५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १० रुपैयाँले बढेर २,३२५ रुपैयाँमा पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३,३९४ अमेरिकी डलरमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Tokha