सुनको मूल्य घट्दा चाँदी महँगियो, अन्तर्राष्ट्रिय बजारको असर देखिँदै

सुनको मूल्य घट्दा चाँदी महँगियो, अन्तर्राष्ट्रिय बजारको असर देखिँदै

काठमाडौं । मंगलबार ऐतिहासिक रूपमा उच्च मूल्यमा पुगेको सुनको मूल्य बुधबार भने केही घटेको छ भने चाँदीको मूल्यमा उकालो लागेको छ । नेपाली बजारमा सुनमा सामान्य गिरावट देखिए पनि चाँदीले क्रमिक वृद्धि गरिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँ रहेको छ । मंगलबार यो मूल्य १ लाख ९८ हजार ५ सय रुपैयाँ थियो । त्यसको अघिल्लो दिन सोमबार सुन १ लाख ९६ हजार ६ सय रुपैयाँ मा कारोबार भएको थियो। यसले मंगलबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको तर त्यसपछि स्थिर हुन थालेको संकेत गर्छ।

त्यस्तै, चाँदीको मूल्य भने निरन्तर उकालो लागेको देखिएको छ। मंगलबार चाँदी प्रतितोला २,२८० रुपैयाँ मा किनबेच भएकोमा बुधबार त्यो मूल्य २५ रुपैयाँले वृद्धि भई २,३०५ रुपैयाँ पुगेको छ । चाँदीको मूल्य वृद्धिमा अन्तर्राष्ट्रिय बजारको माग र मौद्रिक नीतिका कारण प्रभाव परेको विश्लेषकहरू बताउँछन् ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार मूल्य प्रतिऔंस ३,३७२ अमेरिकी डलर पुगेको छ।

Tokha