काठमाडौं । नेपाली बजारमा मंगलबार सुन-चाँदीको मूल्य बढेको छ ।
आइतबारदेखि निरन्तर बढ्दै आएको सुनको मूल्य सोमबार तोलामा १०० रुपैयाँले बढेको थियो भने मंगलबार १,९०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात सोमबार उक्त मूल्य १ लाख ९६ हजार ६ सय रुपैयाँ थियो ।
सुनको मूल्यमा आएको वृद्धिसँगै चाँदीको भाउ पनि बढेको छ । सोमबार तोलाको २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २५ रुपैयाँ बढेर २ हजार २ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य उच्च दरमा कारोबार भइरहेको छ । हाल सुन प्रति औंस ३३७१ अमेरिकी डलरमा कारोबार भइरहेको जानकारी प्राप्त भएको छ।

































