लगातार गिरावटपछि नेप्सेमा सुधार, परिसूचक २८६७ अंकमा

लगातार गिरावटपछि नेप्सेमा सुधार, परिसूचक २८६७ अंकमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ ।  लगातार तीन कारोबार दिनको गिरावटपछि सोमबार सेयर बजार सम्हालिएको हो । नेप्से परिसूचक ८.६२ अंकले बढेर २८६७ अंकमा कायम भएको छ ।

गत मंगलबार ३००२ अंकसम्म पुगेको बजार त्यसयता लगातार तीन कारोबार दिनमा कुल १४४ अंकले घटेर आइतबार २८५८ अंकमा झरेको थियो । आजको कारोबारका क्रममा बजारमा केही उतारचढाव देखियो थियो ।

तीन दिनपछि बजार बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन १३ अर्ब ७ करोड रुपैयाँको कारोबार भएकोमा आज १० अर्ब ८२ करोड रुपैयाँको मात्र कारोबार भयो । आज १४० कम्पनीको मूल्य बढ्दा ११० कम्पनीको मूल्य घटेको छ ।

आज बैंकिङ उपसमूह ०.६८ प्रतिशतले बढ्यो । त्यस्तै, जीवन बिमा ०.४३ प्रतिशत, माइक्रोफाइनान्स ०.५६ प्रतिशत र हाइड्रोपावर ०.०९ प्रतिशतले बढेको छ ।

त्यस्तै, होटल तथा पर्यटन ०.३९, विकास बैंक ०.०६, अन्य ०.४२ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.२१, निर्जीवन बिमा ०.५३ प्रतिशत र फाइनान्स ०.८२ प्रतिशतले घटेको छ ।

आज सिक्लेस हाइड्रोपावरको मूल्य ५.७३ प्रतिशत, स्वेतगंगा हाइड्रोपावरको ५.१२ प्रतिशत, विन्ध्यबासिनी हाइड्रोपावरको ४.७२ प्रतिशत र माछापुच्छ्रे बैंकको ४.५१ प्रतिशतले बढ्यो ।

अर्कोतर्फ, अघिल्लो दिनसम्म १० प्रतिशतले मूल्य बढेको ट्रेड टावरको मूल्य आज १० प्रतिशतले घट्यो । त्यस्तै, थ्रीस्टार हाइड्रोपावरको ३.२६ प्रतिशत, नेपाल फाइनान्सको ३.१४ प्रतिशत र सप्तकोशी विकास बैंकको ३.१४ प्रतिशतले मूल्य घटेको छ ।

Tokha