नेप्सेमा ६३.७३ अंकको गिरावट, १३ अर्बभन्दा बढीको कारोबार

नेप्सेमा ६३.७३ अंकको गिरावट, १३ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ६३.७३ अंकले घटेर २८५८.९० बिन्दुमा कायम भएको हो । यो २.१८ प्रतिशतको गिरावट हो ।

आज ३१९ कम्पनीको तीन करोड २२ लाख ६० हजार ३४१ कित्ता सेयर एक लाख ५२ हजार ५१८ पटक खरिदबिक्री हुँदा १३ अर्ब सात करोड ५० लाख बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी लघुवित्त समूह ३.० पाँच, बैंकिङ २.२२७, लगानी २.१९, जीवन बिमा २.१६ र उत्पादन तथा प्रशोधन समूह २.४३ प्रतिशतले घटेको छ ।

विकास बैंक १.६६, वित्त १.६६, होटल तथा पर्यटन १.१७, जलविद्युत १.३०, म्युचुअल फण्ड एक, निर्जीवन बिमा १.७३ र व्यापार १.४३ प्रतिशतले घटेको छ । आजको कारोबारमा ट्रेड टावर लिमिटेड र शिवश्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सान्भी इनर्जी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ७५ करोड ३९ लाख ६४ हजार ८६५ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा सनराईज ब्लुचिप फण्डको सबैभन्दा बढी १२ लाख ४९ हजार ४१६ कित्ता शेयर खरिदबिक्री भएको छ ।

Tokha