सुन प्रतितोला १,८०० बढ्यो , चाँदीले बनायो हालसम्मकै उच्च रेकर्ड

सुन प्रतितोला १,८०० बढ्यो , चाँदीले बनायो हालसम्मकै उच्च रेकर्ड

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार, सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर १ लाख ९५ हजार ५ सय रुपैयाँ पुगेको छ । सोमबार सुन प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, मंगलबार चाँदीको मूल्यले पनि हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । सोमबार प्रतितोला २ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज एकै दिन ३५ रुपैयाँले वृद्धि भई २ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुन र चाँदीको मूल्यमा उच्च वृद्धि देखिएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३ सय ८७ डलरमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रति औंस ३८.७९ डलर पुगेको छ।

Tokha