आइतबार सुनको मूल्य ८०० रुपैयाँले बढ्यो, चाँदीमा पनि सामान्य वृद्धि

आइतबार सुनको मूल्य ८०० रुपैयाँले बढ्यो, चाँदीमा पनि सामान्य वृद्धि

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको हो ।

यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार पचाँस रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । यससँगै शुक्रबार तोलामा २२ सय ८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार २२ सय ८५ रुपैयाँ पुगेको छ ।

Tokha