काठमाडौं । पछिल्लो ६ कारोबार दिनदेखि बढिरहेको नेप्से परिसुचक साताको दोस्रो र तेस्रो कारोबार दिन लगातार घटेको छ ।
सोमबार २२।३५ अंक घटेर २६८४.०१ विन्दुमा रोकिएको नेप्से आज तेस्रो कारोबार दिन ०.१४ अंकले घटेर २६८३.८६ बिन्दुमा अन्तिम कारोबार भएको छ ।
सोमबार कुल ७१ हजार ३१३ पटकको कारोबारमा ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार रुपैयाँबराबरको १ करोड ९४ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएकोमा यस दिन कुल ३०४ स्टकको ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार ८१४ रुपैयाँ बराबरको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर कारोबार भएको छ ।

































