काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसूचकमा निरन्तर वृद्धि भएसँगै कारोबार रकम पनि बढेको छ ।
सोमबार ९.१९ अंकले बढेर २६३१.४८ अंकमा पुगेर रोकिएको नेप्से आज २८.९१ अंकले बढेर २६६०.३९ अंकमा पुगेर रोकिएको हो । नेप्से बढेसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ ।
आज कुल ३०९ स्टकको ७ अर्ब ३ करोड ३० लाख ५० हजार २८६ रुपैयाँ बराबरको १ करोड ५७ लाख ६४ हजार १ कित्ता शेयर खरिद विक्री भएको छ । सोमबार ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार १५ रुपैयाँ बराबरको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर कारोबार भएको थियो ।
सोमबार १.९५ अंकले बढेको सेन्सेटिभ इन्डेक्स आज ६.१९ अंकले बढेको छ । आज फ्लोट इण्डेक्स पनि २.३६ अंकले बढेको भने सेन्सेटिभ फ्लोट इण्डेक्स पनि २.२७ अंकले बढेको छ ।
यसदिन सामुदायिक लुवित्त वित्तिय संस्था लिमिटेड र न्यादी हाइड्रो पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्तिको शेयर मूल्य १३६.७१ रुपैयाँले बृद्धि हुँदै प्रतिकित्ता १५२१.८२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

































