सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा चार हजार २०० ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९७ हजार १०० कायम भएको छ । यसअघि बिहीबार यसको मूल्य १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो।

यसैगरी आज चाँदी पनि १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको दुई हजार १६५ मा कारोबार भइरहेको छ।

Tokha