काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढ़ेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला १ हजार ६ सय रुपैयाँले बढ़ेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबार सुनको मूल्य प्रतितोला प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदीको मूल्य भने १५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार प्रतितोला २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

































