काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ५ मा रहेको त्रिशक्ति क्लबले २५६८औ बुद्ध जयन्ती तथा क्लबको ३८औं वार्षिक उत्सवको दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले रक्तदान गरेका छन् । क्लबले बुद्ध जयन्ती तथा ३८औं वार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
त्रिशक्ति क्लबले कोटालटोलमा सोमबार बिहान ११ बजेदेखि ३ बजेसम्म रतदान कार्यक्रम आयोजना गरेको अध्यक्ष मीना श्रेष्ठले जानकारी दिइन् । यस्तो कार्यक्रम क्लबले वार्षिक रुपमा आयोजना गर्ने उनले बताइन् ।
क्लबले रक्तदान कार्यक्रम स्थापना कालदेखि नै गर्दै आएको जनाएको छ । कार्यक्रममा वडाध्यक्ष वीरेन्द्र प्रजापतिले क्लबले हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्नु खुसीको कुरा भएको बताए ।


































