हरिबोधिनी एकादशी अर्थात् ठूली एकादशीका अवसरमा काठमाडौंको बुढानीलकण्ठस्थित प्रसिद्ध बुढानीलकण्ठ मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ । भगवान् विष्णुको पूजा–आराधना गर्ने विशेष दिनका रूपमा लिइने हरिबोधिनी एकादशीमा बिहानैदेखि बुढानीलकण्ठ मन्दिरमा दर्शन तथा पूजाआजा गर्ने भक्तजनहरूको घुइँचो लागेको हो ।



































