योग जागरण अभियानसँगै शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

योग जागरण अभियानसँगै शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

 

काठमाडौं । पतञ्जली योग समिति नेपालको तत्वावधानमा, बागमती प्रदेशको समन्वय तथा काठमाडौं जिल्ला समितिको आयोजनामा योग जागरण अभियान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। योग, नृत्य र उत्साहमय वातावरणमा सम्पन्न कार्यक्रममा स्वास्थ्य, संस्कार, सकारात्मक सोच र स्वस्थ जीवनशैलीको महत्त्व उजागर गरिएको थियो। सहभागीहरूले योग अभ्यास तथा सांस्कृतिक प्रस्तुतिमार्फत कार्यक्रमलाई थप उल्लासमय बनाएका थिए। कार्यक्रममा पतञ्जली योग समिति काठमाडौंका अध्यक्ष प्रदीप मानन्धरले शुभ दीपावली, नेपाल संवत् ११४७ को अवसरमा न्हूदँया भिन्तुना तथा छठ पर्वको शुभकामना व्यक्त गरे। उनले पर्वहरूले आपसी सद्भाव, एकता र सामाजिक सम्बन्धलाई थप सुमधुर बनाउने विश्वास व्यक्त गरे। स्वस्थ शरीर, शान्त मन र संस्कारयुक्त समाज निर्माणका लागि योगलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउनुपर्ने सन्देश कार्यक्रमले दिएको थियो।

Tokha