स्वास्थ्य अवस्था बिग्रिएपछि डा. गोविन्द केसी शिक्षण अस्पतालमा भर्ना

स्वास्थ्य अवस्था बिग्रिएपछि डा. गोविन्द केसी शिक्षण अस्पतालमा भर्ना

काठमाडौं, १६ कात्तिक। आमरण अनशनमा रहनुभएका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उहाँलाई इलामबाट काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

विभिन्न माग राख्दै डा. केसीले बिहीबार साँझ इलामस्थित नारायणस्थान मन्दिर परिसरमा २५औँ आमरण अनशन सुरु गर्नुभएको थियो। अनशनको चौथो दिनमा उहाँको रगतमा ग्लुकोजको मात्रा निकै कम हुनुका साथै पिसाबमा एसिटोनको मात्रा बढेपछि स्वास्थ्य अवस्था थप जोखिमपूर्ण बनेको चिकित्सकहरूले चेतावनी दिएका थिए।

स्वास्थ्यमा थप जटिलता देखिएपछि आज हेलिकोप्टरमार्फत उहाँलाई काठमाडौं ल्याइएको हो। हाल त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी आवश्यक उपचार सुरु गरिएको छ।

लामो समयदेखि चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै आन्दोलन गर्दै आउनुभएका डा. केसीको स्वास्थ्य अवस्थाप्रति चासो बढेको छ।

Tokha