इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो

इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो

काठमाडौं । काठमाडौं उपत्यकामा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आज बुधबारदेखि औपचारिक रूपमा सुरु भएको छ।

हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव अगाडि विधिपूर्वक लिङ्गो ठड्याएसँगै इन्द्रजात्रा सुरु भएको हो। लिङ्गो ठड्याउने क्रममा परम्परागत बाजागाजासहित धार्मिक विधिअनुसार पूजाआजा गरिएको थियो।

इन्द्रजात्रा काठमाडौं उपत्यकाका नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। जात्राका क्रममा विभिन्न देवी–देवताका रथयात्रा, लाखे नाच, कुमारी जात्रा लगायतका परम्परागत गतिविधि सञ्चालन गरिन्छ।

Tokha