नवौँ नेपाल जग्गा तथा आवास तथा निर्माण प्रदर्शनी–२०८३ जारी

नवौँ नेपाल जग्गा तथा आवास तथा निर्माण प्रदर्शनी–२०८३ जारी

काठमाडौं । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ (9th Nepal Land & Housing and Construction EXPO-2026) काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारी छ।

नेपाल जग्गा तथा आवास विकास सङ्घ (NLHDA) र नेपाल जग्गा तथा आवास विकास महासङ्घ (NLHDF) को आयोजनामा तथा नेपाल चेम्बर अफ कमर्सको सह–आयोजनामा सुरु भएको चारदिने एक्स्पोको औपचारिक उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गरेका हुन्।

एक्स्पोमा जग्गा तथा आवास, निर्माण सामग्री, प्रविधि, पूर्वाधार तथा निर्माण क्षेत्रसँग सम्बन्धित विभिन्न कम्पनी तथा संस्थाहरू सहभागी छन्।

एक्स्पो असोज ४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

Tokha