‘झिङ्गेदाउ’ मेरो जीवनभर याद रहने चलचित्रमध्ये एक हो : आँचल शर्मा

‘झिङ्गेदाउ’ मेरो जीवनभर याद रहने चलचित्रमध्ये एक हो : आँचल शर्मा

 

काठमाडौं । नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ । पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र निर्माण टिम उत्साहित छ ।

अभिनेत्री आँचल शर्मा पनर ‘झिङ्गेदाउ २’ पहिलो भागभन्दा मनोरञ्जन, रमाइलो र सन्देशका हिसाबले अझ समृद्ध रहेको दाबी गर्छिन् ।

आँचलका अनुसार पहिलो भाग दर्शकले मन पराइसकेकाले दोस्रो भागमा टिममाथि स्वाभाविक रूपमा दबाब रहेको बताउँछिन् ।

‘झिङ्गेदाउ’ ले बनाएको अपेक्षा पूरा गर्न सकिन्छ कि सकिँदैन भन्ने चिन्ता रहेपनि आफूहरू सफल हुने महसुस भइरहेको उनको भनाइ छ ।

‘वान’को कम्पेरिजनमा सबै कुरा एडेड छ जस्तो लाग्छ । इन्टरटेनमेन्ट पनि डबल छ, रमाइलो पनि डबल छ र सन्देश पनि डबल छ जस्तो लाग्छ,’ नेपाल न्यूज बैंकको विशेष कुराकानीमा आँचल भन्छिन् ।

उनका लागि ‘झिङ्गेदाउ’ केवल एउटा चलचित्र नभएर अभिनय यात्राकै महत्वपूर्ण मोड हो । चलचित्रमा काम गर्नुअघि निर्देशक ज्ञानेन्द्र देउजाको फिल्मी पृष्ठभूमिबारे आफू धेरै परिचित नभए पनि स्क्रिप्ट सुनेपछि र निर्देशकको कामप्रतिको लगाव देखेपछि चलचित्रमा जोडिएको उनी बताउँछिन् ।

विशेष कुरा त के भने, ‘झिङ्गेदाउ’ अघि आफूले निर्वाह गरेका भूमिकाभन्दा चलचित्रको पात्र बिल्कुलै फरक भएकाले सुरुमा आफूलाई नै किन छनोट गरियो भन्ने लागेको थियो ।

‘मैले ‘यसमा मलाई किन रोज्नुभएको ? यो त केही सेन्स नै गरेन’ जस्तो भएको थियो । गर्दिनँलाई गर्देको चलचित्र हो खासमा,’ उनी सम्झिन्छिन् ।

तर निर्देशक देउजाको कामप्रतिको समर्पण र उनको पुराना चलचित्रबारे खोजेपछि भने आफूले केही सिक्ने उद्देश्यले काम गरेको आँचल बताउँछिन् । अपेक्षा

Tokha