मन्त्री यादवले दिइन् राजीनामा

मन्त्री यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।

बिहीबार मन्त्री यादवले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष आफ्नो राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ।

मन्त्री यादवले बुधबार संसदीय समितिको बैठकमा ग्यास उद्योगीहरूका विषयमा दिएको विवादास्पद अभिव्यक्तिपछि उनको राजीनामा आएको हो। समितिको बैठकमा उनले ग्यास उद्योगीहरूलाई ‘पाता फर्काउनुपर्ने’ अभिव्यक्ति दिएकी थिइन्।

यादवले हाल सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने धारणा समेत राखेकी थिइन्। उनको उक्त अभिव्यक्तिको आलोचना भइरहेका बेला उनले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएकी हुन्।

Tokha