अनुहार नमिलेपछि जेनजी सहिदको शालिक उद्घाटन स्थगित

अनुहार नमिलेपछि जेनजी सहिदको शालिक उद्घाटन स्थगित

काठमाडौं । सातदोबाटोस्थित सहिद पार्कमा निर्माण गरिएको जेनजी सहिदको शालिकको अनुहार सहिदसँग नमिलेपछि त्यसको उद्घाटन स्थगित गरिएको छ।

निर्माण सम्पन्न भइसकेको शालिकको अनुहार वास्तविक सहिदसँग मेल नखाएको भन्दै आलोचना भएपछि उद्घाटन कार्यक्रम रोकिएको हो। निर्माण समितिले प्रतिमामा आवश्यक सुधार गरी पुनर्निर्माण गर्ने जनाएको छ।

समितिका अनुसार अब नयाँ शालिक एक महिनाभित्र तयार गरी त्यसपछि मात्र उद्घाटन गर्ने तयारी गरिएको छ।

सहिदको वास्तविक स्वरूप र भावनासँग मेल खाने गरी शालिक निर्माण गर्नुपर्ने आवाज उठेपछि प्रतिमा पुनः बनाउने निर्णय गरिएको हो।

Tokha