रसुवा बाढीमा सयभन्दा बढी बससहित करिब ५ सय सवारीमा क्षति

रसुवा बाढीमा सयभन्दा बढी बससहित करिब ५ सय सवारीमा क्षति

काठमाडौं । बाढीपहिरोका कारण रसुवा, नुवाकोट र धादिङमा करिब ५ सय सवारीसाधन क्षतिग्रस्त वा सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार १०० हाराहारी बस, ७० भन्दा बढी माइक्रोबस र करिब ३०० टिपर/मालवाहक सवारी सम्पर्कविहीन छन्। रसुवागढी नाका आसपासका करिब ३०० कन्टेनर समेत सम्पर्कविहीन भएको बताइएको छ।
महासंघका अनुसार करिब ५०० चालक, परिचालक, मजदुर तथा व्यवसायीसँग पनि सम्पर्क हुन सकेको छैन। अहिले प्राथमिकता मानव उद्धार र राहतमा दिइएकाले सवारीसाधनको यकिन क्षतिको विवरण संकलन हुन बाँकी छ।
बाढीले रसुवागढी–बेत्रावती–त्रिशूली–देवीघाट क्षेत्रमा सडक तथा यातायातमा ठूलो क्षति पुर्‍याएको छ। वैकल्पिक मार्ग सञ्चालन, बेलिब्रिज निर्माण तथा राहत सामग्री ढुवानीलाई तीव्रता दिन महासंघले सरकारसँग आग्रह गरेको छ।

Tokha