सुन फेरि महँगियो, एकैदिन तोलामा ९ हजार ३०० रुपैयाँको वृद्धि

सुन फेरि महँगियो, एकैदिन तोलामा ९ हजार ३०० रुपैयाँको वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीबार एकैदिन प्रतितोला ९ हजार ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढेर ३ लाख १३ हजार ४०० रुपैयाँ पुगेको हो।

अघिल्लो कारोबार दिन छापावाल सुन ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावसँगै नेपाली बजारमा पनि सुनको मूल्यमा तीव्र वृद्धि देखिएको छ।

यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला २६० रुपैयाँले बढेको छ। महासंघले बिहीबार चाँदीको मूल्य ४ हजार ८५५ रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन चाँदी ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो।

यससँगै सुनचाँदीको मूल्य पुनः उच्च तहमा पुगेपछि गहना खरिद गर्ने उपभोक्ताको लागत थप बढेको छ। बजारमा मूल्यवृद्धिको प्रभाव विवाह, चाडपर्व तथा अन्य प्रयोजनका लागि सुन खरिद गर्ने ग्राहकमा पर्ने देखिन्छ।

Tokha