काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सले नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो E2’ नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले यसलाई फराकिलो क्याबिन, आधुनिक फिचर र व्यावहारिक प्रदर्शनसहितको ‘फुल एसयूभी’का रूपमा प्रस्तुत गरेको हो।भिगो E2 मा ५१.८७ kWh क्षमताको LFP ब्याट्री प्रयोग गरिएको छ। कम्पनी/उपलब्ध स्पेसिफिकेसनअनुसार यसले ३५० km WLTP रेन्ज दिन्छ। १६७ kW सम्मको DC फास्ट चार्जिङ सपोर्ट भएकाले लामो यात्रामा चार्जिङ समय घटाउन सकिनेछ। ब्याट्रीमा लिक्विड-कुलिङ सिस्टम पनि रहेको छ।
कम्पनीका अनुसार भिगो E2 दैनिक सहरी आवागमनदेखि लामो दूरीको यात्रासम्मका लागि लक्षित गरिएको छ। नेपालमा हालसम्म २ हजारभन्दा बढी नामी गाडी सञ्चालनमा रहेको कम्पनीको दाबी छ।
नयाँ E2 मा पर्याप्त आन्तरिक स्पेस तथा आधुनिक प्रविधि र सुविधा समावेश गरिएको छ। यसको सार्वजनिकसँगै नेपाली विद्युतीय एसयूभी बजारमा प्रतिस्पर्धा थप बढ्ने अपेक्षा गरिएको छ।



































