बहुमतसहित किरण थापाले गरे मुख्यमन्त्रीमा दाबी, शपथ भोलि

बहुमतसहित किरण थापाले गरे मुख्यमन्त्रीमा दाबी, शपथ भोलि

हेटौंडा । नेकपा एमालेका प्रदेशसभा सदस्य किरण थापाले बागमती प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि बहुमतसहित दाबी पेस गरेका छन्। बुधबार दिउँसो थापाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सरकार गठनको दाबी पेस गरेका हुन्।

थापालाई नेकपा एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ गरी ६३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको जनाइएको छ।

बहुमतसहित दाबी पेस गरेसँगै प्रदेश प्रमुखले थापालाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरिएको छ। प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्रीको शपथ भने बिहीबार गराउने तयारी छ।

थापासँगै बिहीबार एमाले, नेकपा र राप्रपाका प्रदेशसभा सदस्यहरूले समेत शपथ लिने तयारी गरिएको छ।

यसअघि नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकले किरण थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो।

Tokha