रहेनन् वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल

रहेनन् वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल

जनकपुरधाम । वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन भएको छ।

७९ वर्षको उमेरमा मंगलबार बिहान जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्। सोमबार राति एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो।

उनको मंगलबार दिउँसो ३ बजे जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ।

विमलको निधनसँगै नेपाली तथा मैथिली साहित्यले लामो र सक्रिय साहित्यिक यात्राको एउटा महत्वपूर्ण अध्याय गुमाएको छ। विशेषगरी जनकपुरधाम र मिथिलाको सामाजिक, सांस्कृतिक तथा राजनीतिक जीवनलाई नेपाली साहित्यका आख्यानमा स्थापित गर्ने साहित्यकारका रूपमा उनको विशिष्ट पहिचान थियो।

स्वर्गीय डा. राजेन्द्र विमल मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभका जेठा दाजु हुन्।

Tokha