२४ घण्टामा ट्राफिक प्रहरीद्वारा ५८५ चालक कारबाहीमा

२४ घण्टामा ट्राफिक प्रहरीद्वारा ५८५ चालक कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सवारी जाँचका क्रममा ५८५ जना चालकलाई कारबाही गरेको छ।

मंगलबार बिहानसम्म गरिएको जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ३३ जना, सीसीटीभीमार्फत ७० जना र रातोबत्ती उल्लंघन गर्ने ५४ जना चालक कारबाहीमा परेका छन्।

त्यसैगरी, तीव्र गतिमा सवारी चलाउने २८ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ११ जना, लेन क्रस गर्ने १९ जना, सवारीको अवस्था ठीक नभएका १३ जना र एकतर्फी सडकमा नियम उल्लंघन गर्ने ११ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

अन्य कसुरमा ३४६ जना चालक कारबाहीमा परेका छन्।

यसरी विभिन्न कसुरमा कारबाहीमा परेका चालकको कुल संख्या ५८५ रहेको ट्राफिक प्रहरीले जनाएको छ।

Tokha