भूमि प्रशासनका जटिल लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अब आफैँ भर्न सक्ने

भूमि प्रशासनका जटिल लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अब आफैँ भर्न सक्ने

काठमाडौं, साउन २१ / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयमा प्रयोग हुने सेवा सम्बन्धी लिखित फारामलाई सरल र सेवाग्राहीमैत्री बनाउन पाँच सदस्यीय समिति गठन गरेको छ।

भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा प्रशासन शाखा प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा गठित समितिलाई हाल प्रयोगमा रहेका फारामहरूको अध्ययन गरी सेवाग्राहीले सहज रूपमा बुझ्न र आफैँ भर्न सक्ने गरी सरलीकरण गर्ने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।

समितिले फाराम सरलीकरण सम्बन्धी प्रतिवेदन १५ दिनभित्र मन्त्रालयमा पेस गर्नुपर्नेछ। प्रतिवेदनका आधारमा सरलीकृत लिखित फाराम कार्यान्वयनमा ल्याइने मन्त्रालयको तयारी छ।

मन्त्रालयका अनुसार भूमि प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले अरूको सहयोग लिनुपर्ने बाध्यता अन्त्य गर्दै उनीहरूलाई आफ्नै बलमा फाराम भर्न सक्ने वातावरण सिर्जना गर्ने उद्देश्यले समिति गठन गरिएको हो। मन्त्रालयले यसबाट सेवा प्रवाह थप सहज, छिटो र प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।

Tokha