काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले संविधान संशोधनजस्तो महत्त्वपूर्ण विषयमा अहिल्यै हतार नगर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाउन खोजेको भए सबै राजनीतिक दलबीच न्यूनतम सहमति जुटाउनुपर्ने बताएका हुन्।
पोखरेलले वर्तमान राजनीतिक अवस्था संविधान संशोधनका लागि उपयुक्त समय नभएको उल्लेख गर्दै दलहरूबीच पर्याप्त छलफल र साझा समझदारी आवश्यक रहेको बताए।
“सरकारले संविधान संशोधन गर्न खोजेको हो भने राजनीतिक दलहरूबीच सहमति जुटाउनुपर्छ। तर अहिले संविधान संशोधन गर्ने उचित समय होइन,” उनले फेसबुकमा लेखेका छन्।
उनको भनाइसँगै संविधान संशोधनको बहसमा प्रमुख राजनीतिक दलहरूबीच सहमति र संवादको आवश्यकता फेरि एकपटक चर्चामा आएको छ।



































