ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ बचतकर्ताले पाए बचत फिर्ता

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ बचतकर्ताले पाए बचत फिर्ता

 

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ऋण असुलीबाट प्राप्त रकममार्फत दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ।

 

समितिका अनुसार लालीगुराँस सहकारीका ३५ जना र तपाईं हाम्रो सहकारीका ९० जना साना बचतकर्ताले पहिलो चरणमा आफ्नो बचत फिर्ता पाएका हुन्।

 

सरकारले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमकै आधारमा पीडित बचतकर्तालाई रकम फिर्ता गरिएको स्पष्ट पारेको छ।

 

समितिका अनुसार पहिलो चरणमा कम बचत भएका बचतकर्तालाई प्राथमिकता दिइएको हो। आगामी चरणहरूमा बचत रकमको आधारमा बचतकर्ताको वर्गीकरण गरी क्रमशः रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइने जनाएको छ।

 

समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनी व्यवस्थाअनुसार निरन्तर बचत फिर्ता गर्ने कार्य जारी रहेको समितिले जनाएको छ।

Tokha