एमालेलाई एक्ल्याउने प्रयास भइरहेको छ : ओली

एमालेलाई एक्ल्याउने प्रयास भइरहेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई एक्ल्याउने प्रयास अझै पनि जारी रहेको बताएका छन्। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टीको वेबसाइट तथा एपको नयाँ संस्करण सार्वजनिक कार्यक्रममा उनले एमाले अरूको सहारामा चल्ने पार्टी नभई आफ्नै बलमा हुर्किएको स्वतन्त्र र मजबुत शक्ति भएको दाबी गरे। ‘हामी अर्कालाई नसमाती उठ्नै नसक्ने लहरो वा त्यान्द्रो होइनौं, स्वतन्त्र वृक्ष हौं,’ उनले भने। धक्का लागेको भए पनि एमाले समाप्त नभएको र आफ्नै बलमा नवीकृत हुँदै अघि बढ्ने उनले बताए। आँधी, हुरी र विभिन्न चुनौतीको सामना गर्दै आएको एमाले परिस्थितिसँग नआत्तिने र आफ्नै खुट्टामा उभिएर सबै चुनौती पार गर्ने पार्टी भएको उनको भनाइ थियो।

Tokha