विश्वकपमा जर्मनीको गोलवर्षा, आइभोरी कोस्टको रोमाञ्चक जित

विश्वकपमा जर्मनीको गोलवर्षा, आइभोरी कोस्टको रोमाञ्चक जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को खेलमा आइभोरी कोस्टले इक्वेडरलाई १–० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ।

अमेरिकाको Philadelphia Stadium मा आइतबार राति सम्पन्न प्रतिस्पर्धात्मक खेलमा आइभोरी कोस्टले अन्तिम समयमा गोल गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो।

पहिलो हाफमा इक्वेडरले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। जोन येबोहा र एलन मिन्डाले प्रहार गरेका दुई बल क्रसबारमा लागेर फर्किएका थिए। आइभोरी कोस्टले पनि एलिये वाहीमार्फत गोल गर्ने अवसर पाए पनि सफल हुन सकेन।

दोस्रो हाफमा दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरे पनि खेल गोलरहित बराबरीतर्फ उन्मुख देखिएको थियो। तर खेलको ९०औँ मिनेटमा वैकल्पिक खेलाडी अमद डियालो नायक बने। विल्फ्रिड सिङ्गोको उत्कृष्ट दौड र पासमा डियालोले बायाँ खुट्टाले सुन्दर गोल गर्दै आइभोरी कोस्टलाई अग्रता दिलाए। उक्त गोल नै निर्णायक सावित भयो।

सन् २०१४ पछि पहिलो पटक विश्वकपमा सहभागी भएको आइभोरी कोस्टका लागि यो जित निकै महत्वपूर्ण मानिएको छ। यस जितसँगै टोलीले नकआउट चरणको सम्भावना बलियो बनाएको छ। अर्कोतर्फ, इक्वेडरको सन् २०२४ सेप्टेम्बरयताको १९ खेलसम्मको अपराजित यात्रा पनि यस हारसँगै अन्त्य भएको छ।

समूह ‘ई’ को अर्को खेलमा जर्मनीले कुरासाओ माथि ७–१ को फराकिलो जित निकालेको छ। अब आइभोरी कोस्टले आफ्नो दोस्रो खेलमा जर्मनीको सामना गर्नेछ भने इक्वेडरले कुरासाओसँग खेल्नेछ।

अमद डियालोको अन्तिम मिनेटको गोलले आइभोरी कोस्टलाई विश्वकप २०२६ मा स्मरणीय सुरुआत दिलाएको छ भने इक्वेडरलाई आगामी खेलमा जित निकाल्ने दबाब थपिएको छ।

Tokha