बुढानीलकण्ठका नगर प्रमुख–उपप्रमुखद्वारा पतञ्जलि अस्पतालको स्थलगत अनुगमन

बुढानीलकण्ठका नगर प्रमुख–उपप्रमुखद्वारा पतञ्जलि अस्पतालको स्थलगत अनुगमन

बुढानीलकण्ठ, २२ जेठः  बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख र उपप्रमुखले पतञ्जलि योगपीठद्वारा सञ्चालित पतञ्जलि अस्पताल तथा वेलनेस सेन्टरको स्थलगत अनुगमन गरेका छन्।

अनुगमनका क्रममा नगर नेतृत्वले अस्पतालमा १५ शैयाको उपचार सेवा सञ्चालनका लागि भइरहेको अन्तिम तयारी, आवश्यक भौतिक पूर्वाधारको अवस्था तथा सेवा सञ्चालनका विभिन्न पक्षबारे जानकारी लिएको थियो। साथै अस्पताल प्रशासनसँग स्वास्थ्य सेवा विस्तार, सेवा प्रवाहको प्रभावकारिता तथा आगामी योजनाबारे विस्तृत छलफलसमेत गरिएको बताइएको छ।

नगर प्रमुख तथा उपप्रमुखले स्थानीय नागरिकलाई आफ्नै क्षेत्रभित्र गुणस्तरीय, सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले निर्वाह गर्न सक्ने भूमिकाबारे चासो व्यक्त गर्दै आवश्यक सहकार्यका लागि नगरपालिका सकारात्मक रहेको बताएका छन्।

अस्पताल प्रशासनले १५ शैयाको सेवा सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदै भविष्यमा थप स्वास्थ्य सेवा विस्तार गर्ने योजनाबारे नगर नेतृत्वलाई अवगत गराएको थियो।

नगरपालिकाले यस प्रकारको अनुगमनले स्वास्थ्य क्षेत्रको विकास तथा स्थानीय तह र स्वास्थ्य संस्थाबीचको समन्वयलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ। साथै पतञ्जलि योगपीठ र बुढानीलकण्ठ नगरपालिकाबीचको सहकार्यबाट नगरवासीले अझ प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

Tokha