नारायणहिटी राजदरबार हत्याकाण्डको २५ वर्ष: राजा वीरेन्द्रको २५ औँ स्मृतिमा माल्यार्पण (तस्बिरहरु)

नारायणहिटी राजदरबार हत्याकाण्डको २५ वर्ष: राजा वीरेन्द्रको २५ औँ स्मृतिमा माल्यार्पण (तस्बिरहरु)

काठमाडौं । आज नारायणहिटी राजदरबार हत्याकाण्डको २५ वर्ष पूरा भएको छ । नेपालको इतिहासमा यस घटनालाइ एउटा रहस्यमय घटना मानिन्छ, जसको सत्यतथ्य आजका दिन सम्म पनि बाहि आउन सकेको छैन् ।

तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित छानबिन समितिले युवराज दिपेन्द्रले गोली चलाएको निष्कर्ष सार्वजनिक गरे पनि हत्याकाण्डबारे विभिन्न प्रश्न र शंकाहरू आजसम्म पनि उठिरहेकै छन् ।

विसंं. २०५८ साल जेठ १९ गते शुक्रबार मध्यरातमा नारायणहिटी राजदरबारभित्र राजा वीरेन्द्रको बंश विनाश हुने गरी गोलीकाण्ड भएको थियो । युवराज दीपेन्द्र शाहले आफ्नो बाबुआमा र भाइबहिनीको हत्या गरेर आफूले आत्महत्या गरेको बताइँदै आए पनि आम जनमानसमा यो घटनालाई षडयन्त्रका रुपमा व्याख्या गर्नेहरु पनि छन् ।

हरेक शुक्रबार राति दरबारभित्रको त्रिभुवन सदनमा पारिवारिक जमघट र भोज हुने गर्दथ्यो । त्यही भोजमा सरिक भएका बेला तत्कालीन युवराज दीपेन्द्रले सैन्य पोशाक लगाएर दुईवटा बन्दुक चलाई राज परिवारको हत्या गरेको बताइन्छ । गोलीकाण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुती, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो।

घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । उक्त दरबार हत्याकाण्ड २५ वर्षसम्म पनि  रहस्यमयको गर्भमै छ । त्यसबेला सर्वोच्च अदालतका न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रलाई दोषी ठहर्याए पनि त्यसलाई आमजनताले विश्वास गरेका छैनन् ।

स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति दिवसको अवसरमा स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले ललितपुरको जाउलाखेलमा स्मृति सभा तथा माल्यार्पण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सहभागीहरूले स्वर्गीय राजा वीरेन्द्रको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।

Tokha