तोलामा एक हजार तीन सयले घट्यो : सुनको मूल्य

तोलामा एक हजार तीन सयले घट्यो : सुनको मूल्य

काठमाडौं, १२ जेठ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा एक हजार ३०० रुपैयाँले घटेर दुई लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला पाँच हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि ९० रुपैयाँले घटेर पाँच हजार ६० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

Tokha