बराहक्षेत्रमा एम्बुलेन्सबाट १४८ किलो गाँजा बरामद, दुई भारतीय नागरिक पक्राउ

बराहक्षेत्रमा एम्बुलेन्सबाट १४८ किलो गाँजा बरामद, दुई भारतीय नागरिक पक्राउ

विराटनगर — सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट प्रहरीले गाँजा लोड गरिएको भारतीय नम्बर प्लेटको एम्बुलेन्स नियन्त्रणमा लिएको छ। उक्त एम्बुलेन्समा सवार दुई भारतीय नागरिकलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मंगलबार पुल्ठेगौंडा क्षेत्रबाट बीआर ०७ पीसी ४७६५ नम्बरको एम्बुलेन्स चेकजाँच गर्दा प्लास्टिकका बोरामा राखिएको १४८ किलो गाँजा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार एम्बुलेन्स चालक भारतको बिहार राज्यस्थित सुपोल जिल्ला वीरपुरका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र २१ वर्षीय मोहमद सदाम पक्राउ परेका छन्।

प्रहरीका अनुसार एम्बुलेन्सको प्रयोग गरी गाँजा भारततर्फ तस्करी गर्न खोजिएको प्रारम्भिक अनुमान गरिएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Tokha