भैरहवाको रोयल कालिङ्गा क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ

भैरहवाको रोयल कालिङ्गा क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ

रुपन्देहीको भैरहवास्थित रोयल कालिङ्गा क्यासिनोमा प्रहरीले छापा मारेर म्यानेजरसहित १९ नेपालीलाई पक्राउ गरेको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको गौतमबुद्ध इन्टरनेसनल होटल भित्र सञ्चालनमा रहेको क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध हुँदाहुँदै जुवा खेलाइरहेको सूचनाका आधारमा संयुक्त प्रहरी टोलीले कारबाही गरेको हो।

मंगलबार राति गरिएको अपरेसनमा जुवा खेलाउने ४ जना र खेल्ने १५ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ९५ हजार ५ सय रुपैयाँ नगद, १७ थान मोबाइल र २०० क्यासिनो क्वाइन बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकामध्ये अधिकांश रुपन्देहीका छन् भने अन्य काठमाडौं, ललितपुर, गुल्मी र पर्साका रहेका छन्। हाल उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

Tokha