काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा “बुढानीलकण्ठ विशेष क्षमता प्रेरणा कार्यक्रम” सम्पन्न भएको छ। उक्त कार्यक्रममा नगरपालिकाद्वारा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूका समस्या र सुझाव सङ्कलन गरिएको हो।
विहिबार बिहान ९ः०० बजेदेखि हात्तीगौंडास्थित होटल अमुप्रस्थ परिसर, गोल्फुटारमा अपाङ्गता विशेष उत्सव कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा तथा प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलासहित नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो। साथै, नगरका विभिन्न क्षेत्र तथा संघ–संस्थाबाट अपाङ्गता भएका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।































