काठमाडौं २०८३ वैशाख ९ नेपाली बजारमा सुनको मूल्य ८०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन ८०० रुपैयाँले घटेर तीन लाख ५०० कायम भएको छ ।
हिजो मंगलबार सुन तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १३० कायम भएको छ ।































