प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं–८ का लागि राजेश शाक्य (भिडियोसहित)

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं–८ का लागि राजेश शाक्य (भिडियोसहित)

काठमाडौं । नेकपा एमालेका काठमाडौं जिल्ला सचिव राजेश शाक्यले काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिएका छन् । यसअघि २०७४ सालको निर्वाचनमा बागमती प्रदेशको सांसदमा निर्वाचित शाक्य यसपटक संघीय संसदमा प्रवेश गर्न लागेका हुन् । उम्मेदवारी मनोनयन दर्ता गर्दै शाक्यले प्रदेश सांसदको रुपमा केही काम गरेको र अधुरा कामलाई पूर्णता दिन संघमा सांसद बन्न लागेको बताएका छन् ।

उनले भनेका छन्–
“२०७२ सालको भूकम्पले क्षतिग्रस्त सम्पदा पुनर्निर्माण गर्न सफल भएको थिएँ । अहिले त्यस क्षेत्रमा भूकम्प गएको हो कि होइन भनेर चिन्न नसकिने अवस्थामा पुर्याएको छु । काठमाडौं क्षेत्र नम्बर ८ भनेको विश्वसम्पदा सूचिमा २ वटा सम्पदा रहेको क्षेत्र हो । आदिवासी नेवार समुदायलगायत सबै नेपालीको प्रतिनिधिसत्व गर्नका लागि म अघि बढेको हो । जनताले मलाई उम्मेदवार बनेर सेवा गर्न आग्रह गरकाले पनि उम्मेदवार बनेको हुँ । म यस क्षेत्रका जनताको सुख–दुःखमा साथ दिनका लागि सधैँ तयार छु ।”

भिडियो लिंक :

एमालेका काठमाडौं जिल्ला सचिव राजेश शाक्य काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवार

 

Tokha