महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख (एसएसपी) राजुनाथ पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले आगामी माघ ४ गते देखि लागू हुने गरी पद त्यागको घोषणा गरेका हुन् ।

शुक्रबार आफ्नो निर्णयबारे जानकारी दिँदै पाण्डेले भने, ‘मैले माघ ४ गतेबाट लागू हुने गरी राजीनामा दिएको छु, माघ ३ गतेसम्म म आफ्नो जिम्मेवारीमै रहनेछु ।’ यद्यपि, उनले राजीनामाको ठोस कारण भने खुलाएका छैनन् । तर, पछिल्लो समय उनी राजनीतिमा सक्रिय हुन लागेको र आगामी निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेको चर्चा पनि चल्न थालेको छ ।

Tokha