सुस्वास्थ्य अस्पतालले पूरा गर्‍यो १० वर्ष, १८ हजारभन्दा बढी बिरामीलाई सेवा

सुस्वास्थ्य अस्पतालले पूरा गर्‍यो १० वर्ष, १८ हजारभन्दा बढी बिरामीलाई सेवा

काठमाडौं । प्राकृतिक तथा औषधिविहीन उपचारमा आधारित सुस्वास्थ अस्पतालले आफ्नो स्थापनाको १० वर्ष सफलतापूर्वक पूरा गरेको छ।

सुरुवातकै समयमा महाभूकम्प त्यसपछि नाकाबन्दी र केही समय पछि कोभिड-१९ महामारीजस्ता चुनौतीपूर्ण समयलाई पार गरेको यस अस्पतालले एक दशकको अवधीमा १८ हजारभन्दा बढी बिरामीलाई सेवा दिएको जनाएको छ ।

नयाँ बानेश्वर, मीनभवनमा रहेको अस्पतालले प्राकृतिक चिकित्सा, अकुपञ्चर र फिजियोथेरापीलाई एकीकृत रूपमा प्रयोग गर्दै हाडजोर्नी, नसा, कम्मर, गर्दन, माइग्रेन, प्यारालाइसिसलगायत समस्याको उपचार गर्दै आएको छ । उपचारसँगै रोग नलागेका व्यक्तिलाई पनि पूर्ण स्वास्थ्य अनुभूति गराउने अस्पतालको लक्ष्य रहेको छ ।

अस्पतालका अनुसार १० वर्षमा १० हजार ९७७ सशुल्क र ७ हजार २१० निःशुल्क गरी कुल १८ हजार १८७ बिरामीको सफल उपचार गरिएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत दुर्गम तथा विपन्न समुदायमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको अस्पतालले जनाएको छ ।

दशौँ बार्षिकोत्सवको अवसरमा अस्पताल अध्यक्ष सुदर्शन बस्नेतले विज्ञप्ती जारी गर्दै बिरामीको विश्वास, स्वास्थ्यकर्मीको समर्पण र सहयोगी संस्थाको साथ नै संस्थाको प्रमुख शक्ति भएको बताएका छन् । त्यसो त सुस्वास्थ्य अस्पताल विसं २०५६ सालबाट सञ्चालनमा आएको वैकल्पिक उपचार सेवा केन्द्रको विस्तारित रुप हो ।

सुरुका वर्षहरुमा आधारभूत संरचना निर्माण गर्दै हाडजोर्नी, नसा, कम्मर गर्दन, घुँडा प्यारालाइसिस, माइग्रेन जस्ता समस्याको उपचार सुरु गरेको यो अस्पताल एक दशकको अवधीमा आफूलाई अब्बल सावित गरेको छ ।

पछिल्लो पटक ताइवानका विश्वविद्यालयसंगको सहकार्य, विदेशी इन्टर्नशीप, तालीम तथा आधुनिक चिकित्सकको सेवा थपिनुले सुस्वास्थ्यलार्य थप सुदृढ बनाएको अध्यक्ष बस्नेत बताउँछन् ।

कुल ३४ जना दक्ष जनशक्तिको टीमबाट सञ्चालित यस अस्पताल यतिवेला प्राकृतिक उपचार प्रतिको विश्वास, करुणा र निरन्तर सेवाको प्रतीक बनेको छ ।

Tokha