पोखरा विमानस्थल अनियमितता : पाँच पूर्व मन्त्रीसहित ५५ जनाविरुद्ध ८ अर्ब ३६ करोडको भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल अनियमितता : पाँच पूर्व मन्त्रीसहित ५५ जनाविरुद्ध ८ अर्ब ३६ करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५५ व्यक्ति र एक कम्पनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने प्रक्रिया सुरु गरेको छ ।

आयोगले करिब ८ अर्ब ३६ करोड रुपैयाँको भ्रष्टाचार भएको दाबी गर्दै आइतबार विशेष अदालतमा मुद्दा बुझाउन लागेको हो ।

मुद्दामा तत्कालीन पाँच मन्त्री- रामशरण महत, पोष्टबहादुर बोगटी, भीम आचार्य, रामकुमार श्रेष्ठ र दिपक अमात्यलाई मुख्य प्रतिवादी बनाइएको छ।

यससँगै पूर्वसचिव मधु मरासिनी, सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा, भेषराज शर्मा, सहसचिव, नागरिक उड्डयन प्राधिकरणका अधिकारी, संचालक समिति सदस्य र प्राविधिक पदाधिकारीहरूलाई समेत अभियोग लगाइएको आयोग स्रोतले जनाएको छ ।

अख्तियारको टोली हाल विशेष अदालतमा रहेर मुद्दा दर्ता प्रक्रियामा जुटिरहेको छ।

Tokha