रुपन्देही । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार, साउन महिनामा ९ अर्ब २ करोड ९४ लाख ३४ हजार, भदौमा ९ अर्ब ७० करोड ६३ लाख ९ हजार, र असोजमा ९ अर्ब २८ करोड ६७ लाख २० हजार राजस्व संकलन भएको छ।
गत वर्ष जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडले क्षतिग्रस्त भन्सार कार्यालयले केही समय त्रिपालभित्रबाट सेवा प्रवाह गरेको थियो । यस वर्षको राजस्व संकलनले कार्यालयले सुधारित व्यवस्थापन र सेवाप्रवाह सुधार गरेको देखाएको छ।
































