डेडिकेटेड लाइनको बक्यौता तिरेपछि रुपन्देहीका चार उद्योगको विद्युत आपूर्ति पुनः सुरु

डेडिकेटेड लाइनको बक्यौता तिरेपछि रुपन्देहीका चार उद्योगको विद्युत आपूर्ति पुनः सुरु

काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत प्रयोग गर्ने रुपन्देहीका चार उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई बुझाएका छन् ।

भैरहवा क्षेत्रमा सञ्चालनमा रहेका पञ्चकन्या प्लास्टिक उद्योग, पञ्चकन्या स्टील इन्डस्ट्रीज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार पहिलो किस्ता बुझाएपछि विद्युत आपूर्ति पुनः सुचारु गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

उनीहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेको बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन् ।

प्राधिकरणका अनुसार पञ्चकन्या प्लास्टिकले २४ लाख ६३ हजार, पञ्चकन्या स्टीलले ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टले १ करोड ८३ लाख र श्याम प्लास्टिकले ४९ लाख १० हजार रुपैयाँ बक्यौता बुझाएका छन् ।

सिलवालका अनुसार पहिलो किस्ता बुझाएपछि विद्युत आपूर्ति पुनः जडान गरिएको छ र बाँकी रकम चरणबद्ध रूपमा तिर्ने सहमति भएको छ ।

Tokha