प्रहरी इञ्चार्जलाई उपत्यका नछोड्न निर्देशन

प्रहरी इञ्चार्जलाई उपत्यका नछोड्न निर्देशन

काठमाडौं । भदौ २३-२४ का क्रममा काठमाडौंमा खटिएका प्रहरी इञ्चार्जहरूलाई उपत्यका नछोड्न प्रहरीले निर्देशन दिएको छ। यो कदम जेनजी आन्दोलन दमन र आगजनीबारे आयोगको अनुरोधअनुसार लिइएको हो ।

तत्कालीन इञ्चार्जहरूलाई आवश्यक परेमा उपस्थित हुन व्यवस्था मिलाउन रानीपोखरी कार्यालयमार्फत सूचना पठाइएको छ ।

आयोगले सोधपुछ सुरु गरिसकेको छ र नख्खु कारागारका जेलरहरूसँग बयान लिइसकेको छ । आन्दोलनमा गोली प्रहारबाट २२ जनाको मृत्यु भएको थियो ।

Tokha