बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षमा निधन

बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षमा निधन

काठमाडौं । बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार अपराह्न आफ्नै निवासमा उनको मृत्यु भएको पुष्टि गरिएको छ ।

फिल्म निर्माता करण जोहरले सामाजिक सञ्जालमार्फत धर्मेन्द्रप्रति श्रद्धाञ्जलि व्यत्ति गर्दै लेखेका छन्, ‘धर्मेन्द्रको दिवंगतसँगै एक युगको अन्त्य भएको छ। उनी भारतीय मुख्यधारको सिनेमाका सच्चा नायक रहे, र उनको योगदान सदैव इतिहासमा अमर रहिरहनेछ।’

त्यस्तै, हेमा मालिनी, अमिताभ बच्चन, आमिर खानसहित बलिउडका दिग्गज कलाकारहरू अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न आर्यघाट पुगेका छन्।

निधनको सूचना सार्वजनिक हुनुअघि धर्मेन्द्रको घर बाहिर एम्बुलेन्ससहितका सवारी साधन देखिएको र सुरक्षा व्यवस्था समेत कडा पारिएको भारतीय मिडियाले उल्लेख गरेका छन्।

Tokha