सोलुखुम्बुमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना, पाइलट सकुशल उद्धार

सोलुखुम्बुमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना, पाइलट सकुशल उद्धार

सोलुखुम्बु । सोलुखुम्बुको लुबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ । आज बिहान उद्धारका लागि काठमाडौंबाट उडेको उक्त हेलिकोप्टर लुबुचेमा अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको हो ।

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेका अनुसार हेलिकोप्टरमा यात्रु थिएनन् । पाइलटको सकुशल उद्धार गरिएको जानकारी उनले दिइन् ।

पाण्डेले भनिन्, ‘ल्याण्ड गर्ने क्रममा हेलिकोप्टर चिप्लिएर दुर्घटनामा परेको हो, पाइलटलाई सुरक्षित रूपमा उद्धार गरिएको छ।’

दुर्घटनास्थलमा स्थानीय प्रशासन र उद्धार टोली पुगेको र थप विवरण संकलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Tokha