मेची भन्सारबाट तीन महिनामा १ अर्ब ६७ करोडभन्दा बढीको अलैँची निर्यात

मेची भन्सारबाट तीन महिनामा १ अर्ब ६७ करोडभन्दा बढीको अलैँची निर्यात

झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा ३३ प्रतिशतले बढ्दै एक अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको अलैँची निर्यात भएको छ।

कार्यालयका अनुसार तीन महिनामा एक हजार ७२ मेट्रिक टन अलैँची विदेश पठाएको हो। अघिल्लो आवको सोही अवधिमा एक अर्ब सात करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको थियो।

यस्तै, सो अवधिमा चिया निर्यात भने ४०.९० प्रतिशतले घटेर एक अर्ब एक करोड रुपैयाँमा सीमित भएको छ।

कार्यालयका तथ्यांकअनुसार भेनियर सिट, छुर्पी, प्लाइउड, तरकारी, धातु अवशेष र मुसुरो दालको निर्यात वृद्धि भएको छ भने अदुवा र अम्रिसोमा कमी आएको छ।

चालु आवको पहिलो तीन महिनामा मेची भन्सारबाट कुल चार अर्ब ८० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।

Tokha